Director identification number – Nepali
Australian Business Registry Services (ABRS) is responsible for the director identification number (director ID) program. If you are a director or plan to become one, you need a director ID.
यो पृष्ठ अन्य भाषाहरूमा हेर्नुहोस्।
Director ID के हो?
Director ID 15-अङ्कको व्यक्तिगत सन्दर्भ नम्बर हो। यो निर्देशक वा निर्देशक बन्ने योजना गरिरहेको व्यक्तिलाई निजले आफ्नो पहिचान पुष्टि गरेपछि दिइन्छ।
तपाईंले आफ्नै director ID का लागि आवेदन दिनुपर्छ। तपाईंले एक पटक मात्र आवेदन दिनु पर्छ। तपाईंसँग निम्न अवस्था लगायतका अवस्थामा यो director ID सधैँ हुनुपर्छः
- कम्पनी परिवर्तन गरेमा
- नाम परिवर्तन गरेमा
- राज्य वा देश छोडेमा।
Director IDs ले अरूलाई निर्देशकको झूटो पहिचान प्रयोग गर्न दिँदैनन्।
यसका लागि कसले र कहिले आवेदन गर्नुपर्छ?
यदि तपाईं निम्नमध्ये कुनै संस्थाको निर्देशक हुनुहुन्छ वा बन्न खोज्दै हुनुहुन्छ भने तपाईंसँग director ID हुनुपर्छः
- Corporations Act 2001 (Corporations Act) अन्तर्गत दर्ता भएको कम्पनी, अष्ट्रेलियाली निकाय, वा विदेशी कम्पनी
- Corporations (Aboriginal and Torres Strait Islander) Act 2006 (CATSI Act) अन्तर्गत दर्ता गरिएको एक आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर निगम।
स्व-व्यवस्थित सुपर कोषका कर्पोरेट ट्रस्टीहरूले पनि director ID को लागि आवेदन दिनु पर्छ।
थप जानकारीका लागि,कसलाईdirector ID चाहिन्छ (अङ्ग्रेजीमा) हेर्नुहोस्।
निम्न अवस्थामा तपाईंले अनिवार्य रूपले director ID का लागि अब आवेदन दिनुपर्छः
- तपाईं अहिले निर्देशक हुनुहुन्छ भने
- तपाईं आगामी 12 महिनामा निर्देशक बन्न खोज्दै हुनुहुन्छ भने।
तपाईंलाई director ID को लागि आवेदन दिन थप समय चाहिन्छ भने थप समय प्राप्त गर्न तपाईंले director ID को लागि आवेदन दिने थप म्यादको आवेदन (NAT75390, PDF, 271KB) (अंग्रेजीमा) भर्नुपर्ने हुन्छ। तपाईंलाई फारम भर्न सहायता चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् (अंग्रेजीमा)।
Director ID को लागि कसरी आवेदन गर्ने
आफ्नो पहिचान पुष्टि गर्न सकियोस् भन्नका लागि तपाईं आफैले director ID को लागि आवेदन दिनुपर्छ। अरू कसैले तपाईंको लागि आवेदन दिन पाउँदैनन्।
यसको आवेदन शुल्क लाग्दैन।
तपाईंसँग अष्ट्रेलियाली पहिचान कागजात छन् भने तपाईं निम्न बमोजिम आवेदन दिएर द्रुत रूपमा आफ्नो director ID प्राप्त गर्न सक्नुहुन्छ।
चरण 1 - myID सेटअप गर्नुहोस्
तपाईंसँग कम्तीमा मानक स्तरको पहिचान प्रमाणीकरण भएको myID हुनुपर्छ।
तपाईं अष्ट्रेलियामा बस्नुहुन्छ र:
- तपाईंसँग myID छ भने चरण 2 मा जानुहोस्
- तपाईंसँग myID छैन भने तपाईंले एउटा myID खाता बनाउनु पर्छ। How to set up myID(अंग्रेजीमा) हेर्नुहोस्
- आधारभूत स्तरको पहिचान प्रमाणीकरणले तपाईं myID मात्र प्राप्त गर्न सक्नुहुन्छ भने तपाईंले फोन वा कागजी फारममार्फत director ID को लागि आवेदन दिनु पर्छ। director ID को लागि आवेदन दिनुहोस् (अंग्रेजीमा) हेर्नुहोस्।
चरण २ - आफ्ना पहिचान कागजातहरू तयार पार्नुहोस्
तपाईंको पहिचान प्रमाणित गर्न सकियोस् र तपाईंको myID मा तपाईंको Australian Taxation Office (ATO) रेकर्डमा कनेक्ट गर्न सकियोस् भन्नका लागि हामी तपाईंलाई प्रश्नहरू सोध्ने छौँ।
आवेदन दिँदा तपाईंसँग निम्न जानकारी हुन जरुरी हुन्छः
- कर फाइल नम्बर (TFN)
- ATO मा रेकर्ड भएको तपाईंको आवासीय ठेगाना
- तपाईंको पहिचान प्रमाणित गर्न 2 कागजातमा रहेको जानकारी।
यसबारे जान्नको लागि आफ्नो पहिचान प्रमाणित गर्नुहोस् (अंग्रेजीमा) हेर्नुहोस्:
- तपाईंले आफ्नो पहिचान प्रमाणित गर्न प्रयोग गर्न सक्ने कागजातका प्रकार
- तपाईंले प्रदान गर्नु पर्ने ती कागजातमा भएका जानकारी
- तपाईं कागजी फारम प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले ती परिचय कागजातको प्रमाणित प्रतिलिपि पेस गर्नु पर्ने हुन्छ।
चरण 3 - आफ्नो आवेदन पूरा गर्नुहोस्
तपाईंसँग myID र पहिचान कागजातहरू छन् भने ABRS online मा लग इन गर्नुहोस् र
- अब myID मार्फत आवेदन दिनुहोस् (अङ्ग्रेजीमा)
लग इन गर्दा तपाईंले 4-अंकको कोड प्राप्त गर्नुहुने छ। तपाईंले सो कोड myID एपमा हाल्नु पर्ने हुन्छ।
आवेदन प्रक्रिया पूरा भएपछि तपाईंको director ID तपाईंको स्क्रिनमा देखिने छ।
अष्ट्रेलियामा बस्ने निर्देशकका लागि अन्य विकल्पहरू
फोनमार्फत आवेदन दिनुहोस्
तपाईं हाल अस्ट्रेलियामा बस्नुहुन्छ र अनलाइन आवेदन दिन सक्नुहुन्न भने director ID का लागि आवेदन दिन हामीलाई फोन गर्नुहोस् (अङ्ग्रेजीमा)।
तपाईंले फोनबाट आवेदन दिँदा तपाईंलाई आफ्नो पहिचान पुष्टि गर्न लगाइने छ। हामी तेस्रो पक्ष र अन्य सरकारी विभागहरूबाट प्राप्त जानकारीसहित हामीसँग भएको तपाईंको जानकारीको आधारमा प्रश्नहरू सोध्ने छौं। थप जानकारीको लागि आफ्नो पहिचान पुष्टि गर्नुहोस् (अङ्ग्रेजीमा) हेर्नुहोस्।
कागजी फारम प्रयोग गरेर आवेदन दिनुहोस्
तपाईं अनलाइन वा फोनमार्फत आवेदन दिन सक्नुहुन्न भने तपाईं अस्ट्रेलियामा बस्ने मानिसहरूका लागि director identification number को आवेदन (NAT 75437, PDF, 230KB) (अंग्रेजीमा) नामक कागजी आवेदन फारम प्रयोग गर्न सक्नुहुन्छ।
तपाईंलाई फारम भर्न सहयोग वा सहायता चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् (अंग्रेजीमा)।
अष्ट्रेलिया बाहिर बस्ने निर्देशकहरू
तपाईं अष्ट्रेलिया बाहिर बस्नुहुन्छ र तपाईं आधारभूत स्तरको पहिचान प्रमाणीकरणले myID मात्र प्राप्त गर्न सक्नुहुन्छ भने तपाईंले director identification number (NAT75433, PDF, 651KB) को लागि आवेदन (अंग्रेजीमा) दिनुपर्ने हुन्छ।
तपाईंले आफ्नो पहिचान कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनु पर्ने हुन्छ। थप जानकारीको लागि आफ्नो पहिचान पुष्टि गर्नुहोस् (अङ्ग्रेजीमा) हेर्नुहोस्।
तपाईंको सहमतिबिना तपाईंलाई निर्देशक नियुक्त गरिएको छ कि छैन भनेर कसरी जाँच गर्ने
यदि तपाईंको सहमतिबिना तपाईंलाई कुनै कम्पनीको निर्देशक नियुक्त गरिएको छ भन्ने लाग्छ भने, तपाईंले Australian Securities & Investments Commission (ASIC) को सहमतिबिना पदाधिकारी नियुक्ति सम्बन्धी जानकारी (अंग्रेजीमा) मा उपलब्ध अनलाइन सोधपुछ फारम पेश गर्न सक्नुहुन्छ।
निम्न विकल्पहरू चयन गर्नुहोस्:
- मेरो प्रश्न -कम्पनीको बारेमा छ
- म जानकारी अद्यावधिक वा कायम राख्ने तरिकाबारे जान्न चाहन्छु तपाईंले
निम्न जानकारी उपलब्ध गराउनुपर्नेछ:
- तपाईंका व्यक्तिगत विवरणहरू
- Australian company number (ACN) (अष्ट्रेलियाली कम्पनी नम्बर)
- कम्पनीको नाम
- तपाईंले त्यो संस्थाको निर्देशक बन्ने सहमति प्रदान गर्नुभएको छैन भनी व्याख्या गरिएको जानकारी।
ASIC ले तपाईंको सोधपुछको अनुसन्धान गर्नेछ र त्यसको नतिजाबारे तपाईंलाई जानकारी गराउनेछ।
Director ID बाट के गर्ने
आफ्नो director ID प्राप्त गरेपछि, त्यसलाईआफ्नो कम्पनीका अभिलेखहरू वा सफ्टवेयर प्रणालीमा सुरक्षित रूपमा राख्नुहोस्।
यदि तपाईंसँग मानक स्तर वा सोभन्दा उच्च स्तरको पहिचान प्रमाणीकरण भएको myID छ भने, तपाईंले आफ्नो director ID हेर्न वा आफ्ना विवरणहरू अद्यावधिक गर्न जुनसुकै बेला ABRS को अनलाइन सेवामा लग इन गर्न सक्नुहुन्छ।
आफ्ना विवरणहरू हेर्नुहोस् वा अद्यावधिक गर्नुहोस्
यदि तपाईंले अनलाइन आवेदन दिनुभएको छ र तपाईंसँग myID छ भने
यदि तपाईंसँग कम्तीमा मानक स्तरको पहिचान प्रमाणीकरण भएको myID छ भने, तपाईं ABRS को अनलाइन सेवा (अंग्रेजीमा) मा लग इन गर्न सक्नुहुन्छ। लग इन गरेपछि, तपाईंले:
- आफ्नो director ID र यसको स्थिति हेर्न सक्नुहुन्छ
- (तपाईंको director ID गृहपृष्ठ माथिल्लो दायाँ कुनामा देखाइन्छ)
- व्यक्तिगत विवरणहरू हेर्नुहोस्चयन गरी आफ्ना व्यक्तिगत विवरणहरू अद्यावधिक गर्न सक्नुहुन्छ
- आफ्नो director ID मुनि रहेको डाउनलोड director ID बटन प्रयोग गरी आफ्नो director ID सम्बन्धी विवरणहरूको PDF प्रतिलिपि डाउनलोड गर्न सक्नुहुन्छ।
यदि तपाईंले फोन वा कागजी फारममार्फत आवेदन दिनुभएको थियो र तपाईंसँग myGov खाता छ भने
यदि तपाईंले आफ्नो director ID का लागि फोन वा कागजी फारममार्फत आवेदन दिनुभएको थियो र तपाईंको myGov खाता ATO सँग लिंक गरिएको छ भने, तपाईंको director ID सम्बन्धी सूचना myGov इनबक्समा पठाइन्छ।
आफ्नो director ID सम्बन्धी सूचना फेला पार्न:
- आफ्नो myGov खातामा साइन इन गर्नुहोस्
- इनबक्स चयन गर्नुहोस्
- खोज बार प्रयोग गर्नुहोस् वा सन्देशहरू स्क्रोल गरेर आफ्नो director ID सम्बन्धी सूचना फेला पार्नुहोस्
- सन्देश खोल्नुहोस् र तपाईंको director ID माथिल्लो दायाँ कुनामा देखिनेछ।
यदि तपाईंले फोन वा कागजी फारम मार्फत आवेदन दिनुभएको थियो र तपाईंसँग myGov खाता छैन भने
यदि तपाईंले आफ्नो director ID का लागि फोन वा कागजी फारम मार्फत आवेदन दिनुभएको थियो र तपाईंसँग myGov खाता छैन भने, तपाईंको director ID सम्बन्धी सूचना आवेदन दिँदा उपलब्ध गराएको हुलाक ठेगानामा पठाइन्छ।
यस पत्रमा तपाईंको director ID समावेश हुन्छ र यसलाई आफ्ना अभिलेखका लागि सुरक्षित राख्नुपर्छ।
यदि तपाईंसँग यो पत्र अब छैन वा अर्को प्रतिलिपि आवश्यक छ भने, तपाईंले आफ्नो director ID सम्बन्धी सूचनाको प्रतिलिपि माग्न हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
यदि तपाईंले आफ्ना विवरणहरू अनलाइन वा फोनमार्फत अद्यावधिक गर्न सक्नुहुन्न भने, तपाईं कागजी फारम प्रयोग गर्न सक्नुहुन्छ। व्यक्तिगत विवरणहरू अद्यावधिक गर्नुहोस्(NAT 75330, PDF 343KB) (अंग्रेजीमा) डाउनलोड गर्नुहोस्।
हामीलाई सम्पर्क गर्नुहोस्
हामीलाई फोन गर्नुहोस्
तपाईं हामीलाई सोमवारदेखि शुक्रबार बिहान 8:00 बजे र 6:00 बाजे का बीचमा फोन गर्न सक्नुहुन्छ।
- तपाईं अष्ट्रेलियामा हुनुहुन्छ भने 13 62 50 मा फोन गर्नुहोस्।
- तपाईं विदेशमा हुनुहुन्छ भने +61 2 6216 3440 मा फोन गर्नुहोस्।
- अनुवाद र दोभाषे सेवा (TIS National) - तपाईं TIS National लाई सोमबारदेखि शुक्रबार बिहान 8:00 बजे र साँझ 6:00 का बीचमा 13 14 50 मा फोन गरेर आफूले चाहेको भाषामा हामीसँग कुरा गर्न सक्नुहुन्छ। तपाईं विदेशबाट फोन गर्दै हुनुहुन्छ भने +61 3 9268 8332 मा फोन गर्नुहोस्। हामी तपाईंको समस्या समाधान गर्न सकौँ भन्नाका लागि दोभाषे प्रदायक संस्थाले दोभाषेको सहयोग लिएर हामीलाई सम्पर्क गर्ने छ।
- कल-ब्याक लाइन - हामीले तपाईंलाई पत्र, इमेल वा फोनद्वारा सम्पर्क गर्यौँ भने हामी आफ्नो कल-ब्याक नम्बर र PIN प्रदान गर्न सक्छौं। सो नम्बरमा फोन गर्नुहोस् र मागेको बेला हामीले उपलब्ध गराएको PIN दिनुहोस्। यसले तपाईं सही ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दै हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्छ
- अष्ट्रेलियामा कल-ब्याक नम्बर -1300 306 275
- अष्ट्रेलिया बाहिरको कल-ब्याक नम्बर -+61 2 6216 3442 मा कल गरी 1300 306 275 मा जोड्दिनलगाउनुहोस्।
हामीले तपाईंलाई सोध्न सक्ने प्रश्नहरू
हामीले तपाईंको विवरणका बारेमा छलफल गर्नु वा तपाईंका रेकर्डहरू अद्यावधिक गर्नुअघि तपाईंले आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन्छ।
हामी तेस्रो पक्ष र अन्य सरकारी विभागहरूबाट प्राप्त जानकारीसहित हामीसँग भएको तपाईंको जानकारीको आधारमा प्रश्नहरू सोध्ने छौं।
यसमा ATO ले पठाएका पत्र वा तपाईंलाई पठाइएका सूचना र कर फिर्ता फारमबाट प्राप्त विवरण वा हामीलाई तपाईंको पहिचान पुष्टि गर्न मद्दत गर्ने अन्य जानकारीहरू समावेश हुन सक्छन्।
हामीलाई पत्राचार गर्नुहोस्
तपाईं हामीलाई निम्न ठेगानामा पत्राचार गर्न सक्नुहुन्छः
AUSTRALIAN BUSINESS REGISTRY SERVICES
LOCKED BAG 6000
ALBURY NSW 2640
AUSTRALIA