Australian Business Registry Services – Nepali
अष्ट्रेलियाली व्यवसायिक रजिष्ट्री सेवा (ABRS) प्रयोग गरी तपाईं आफ्नो व्यवसाय सरकारी अभिलेखमा दर्ता र अद्यावधिक गर्न सक्नुहुन्छ ।
यो पृष्ठमा:
Director IDके हो ?
Director ID 15 अङ्क भएको व्यक्तिगत सन्दर्भ संख्या हो । कुनै निर्देशक (वा निर्देशक हुन खोज्ने व्यक्तिले) आफ्नो पहिचान पुष्टि गरेपछि यो संख्या प्राप्त गर्न सकिन्छ ।
Director ID ले निर्देशकको पहिचानसम्बन्धी जालसाजी हुनबाट बचाउँछ ।
तपाईंले अनिवार्य रूपले आफ्नै Director ID प्राप्त गर्न आवेदन दिनु पर्छ । तपाईंले एक पटक मात्र आवेदन दिए पुग्छ । तपाईंले सदाका लागि आफ्नो director ID राख्नु पर्ने हुन्छ, यो नियम निम्न अवस्थामा पनि लागू हुन्छ:
- कम्पनी बदल्दा
- निर्देशक पदमा नरहँदा
- नाम बदल्दा
- बसाइँ सरेर अर्को राज्यमा वा विदेश जाँदा
भविष्यमा तपाईंको director ID तपाईं निर्देशक हुने कम्पनीसँग जोडिने छ । यसले सरकारी नियामकहरूलाई विभिन्न कम्पनी र निर्देशकहरूको सम्बन्ध पहिल्याउन सहज बनाउँछ ।
कसले र कहिले आवेदन दिनु पर्छ ?
तपाईं निम्न खालको संस्थाको निर्देशक हुनुहुन्छ वा भविष्यमा हुनुहुने छ भने तपाईंलाई director ID को आवश्यकता पर्छ:
- Corporations Act 2001 (Corporations Act) अन्तर्गत दर्ता गरिएको अष्ट्रेलियाली कम्पनी वा विदेशी कम्पनी
- Corporations (Aboriginal and Torres Strait Islander) Act 2006 (CATSI Act) अन्तर्गत दर्ता गरिएको आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डरको संस्था ।
स्व:व्यवस्थित सुपर कोषका निर्देशक वा कर्पोरेट ट्रष्टीले पनि director ID का लागि आवेदन दिनु पर्छ ।
कसले आवेदन दिनुपर्छ भन्ने बारेमा थप जान्न कस्लाई चाहिन्छ director ID (अंग्रेजी संस्करण) पढ्नुहोस् ।
निम्न अवस्थामा तपाईं अहिले नै director ID का लागि आवेदन दिन सक्नुहुन्छ:
- तपाईं अहिले निर्देशक हुनुहुन्छ
- तपाईं अबको 12 महिनामा निर्देशक हुन खोज्दै हुनुहुन्छ ।
तपाईं Corporations Act अन्तर्गत निर्देशक हुनुहुन्छ भने तपाईंले कहिले director ID का लागि आवेदन दिनु पर्छ भन्ने कुरा तपाईंको नियुक्ति मितिमा भर पर्छ ।
तपाईं निर्देशक हुने मिति | तपाईंले आवेदन दिनु पर्ने मिति |
---|---|
31 अक्टोवर 2021 सम्ममा | 30 नोभेम्बर 2022 सम्ममा |
1 नोभेम्बर 2021 र 4 अप्रिल 2022 का बीचमा | नियुक्त भएको 28 दिनभित्र |
5 अप्रिल 2022 देखि | नियुक्तिअगाडि |
CATSI Act अन्तर्गत दर्ता गरिएका संस्थाको निर्देशकले भने फरक मितिमा यो काम गर्नु पर्छ । थप जान्न कसले र कहिले आवेदन दिन आवश्यक छ (अंग्रेजी संस्करण) हेर्नुहोस् ।
तपाईंले तोकिएको मितिसम्ममा director ID को लागि आवेदन दिन सक्नुभएन भने तपाईं Application for an extension of time to apply for a director ID (director ID को लागि आवेदन दिने म्याद थपका लागि आवेदन) (NAT75390, PDF, 271KB) (अंग्रेजी संस्करण) भर्नु पर्छ । तपाईंलाई फाराम भर्न मुस्किल भयो भने सहायताको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
Director ID का लागि कसरी आवेदन दिने
तपाईंले अनिवार्य रूपमा आफ्नो पहिचान पुष्टि गर्न आफ्नै Director ID प्राप्त गर्न आवेदन दिनु पर्छ । अरूले तपाईंको लागि आवेदन दिन पाउँदैनन् ।
तपाईं नि:शुल्क आवेदन दिन सक्नुहुन्छ ।
तल दिइएका चरणहरूको पालना गरी अनलाइनबाट director ID को लागि द्रुत रूपमा आवेदन दिन सकिन्छ ।
यस भिडियोले तपाईलाई कसरी निर्देशक आईडीको लागि अनलाइन आवेदन गर्ने भनेर देखाउँछ।
चरण 1 – myGovID सेट अप गर्नुहोस्
तपाईंसँग कम्तीमI स्ट्यान्डर्ड आइडेन्टिटी स्ट्रेन्थ Standard identity strength भएको myGovID हुनु पर्छ ।
myGovID र myGov भनेका एउटै कुरा होइनन्
myGovID तपाईंले आफ्नो डिभाइसमा डाउनलोड गर्न सक्ने एप हो । तपाईं यो एपको प्रयोग गरी आफ्नो पहिचान पुष्टि गर्न र myGov लगायतका विविध सरकारी अनलाइन सेवामा लग इन गर्न सक्नुहुन्छ । स्ट्यान्डर्ड आइडेन्टिटी स्ट्रेन्थका लागि तपाईंले आफ्नो व्यक्तिगत विवरण पेस गर्नु पर्छ र कम्तीमा दुई वटा अष्ट्रेलियाली परिचय पत्र प्रयोग गरी आफ्नो पहिचान पुष्टि गर्नु पर्छ ।
myGov भनेको तपाईंलाई अष्ट्रेलियाली कर कार्यालय (ATO), Centrelink, Medicare र अन्य सरकारी एजेन्सीको अनलाइन सेवा प्रयोग गर्न सक्षम पार्ने खाता हो ।
तपाईं अष्ट्रेलियाली हुनुहुन्छ र:
- तपाईंसँग myGovID छ भने चरण 2 मा जानुहोस्
- तपाईंसँग myGovID छैन भने तपाईंले यो खाता बनाउनु पर्छ । कसरी यो खाता बनाउने भन्ने बारेमा जान्न कसरी सेट अप गर्ने myGovID (अंग्रेजी संस्करण) हेर्नुहोस् ।
- आधारभूत आइडेन्टिटी स्ट्रेन्थबाट मात्र myGovID प्राप्त गर्न सक्नुहुन्छ भने तपाईं फोनबाट वा कागजी फाराम भरेर director ID का लागि आवेदन दिन सक्नुहुन्छ । थप जान्न तपाईको लागि आवेदन दिनुहोस् director ID (अंग्रेजी संस्करण) हेर्नुहोस् ।
अष्ट्रेलिया बाहिर बस्ने निर्देशकहरू
तपाईं अष्ट्रेलिया बाहिर बस्नुहुन्छ र आधारभूत आइडेन्टिटी स्ट्रेन्थको प्रयोग गरेर मात्र myGovID प्राप्त गर्न सक्नुहुन्छ भने तपाईंले Application for a director identification number (निर्देशक पहिचान नम्बरको आवेदन) (NAT75433, PDF, 651KB) फाराम (अंग्रेजी संस्करण) भर्नु पर्ने हुन्छ ।
तपाईंले आफ्नो परिचय पुष्टि गर्न आफ्ना परिचय पत्रका प्रमाणित प्रति पनि पेस गर्नु पर्ने हुन्छ । थप जान्न आफ्नो पहिचान प्रमाणित गर्नुहोस् (अंग्रेजी संस्करण) हेर्नुहोस् ।
चरण 2 – आफ्ना परिचय पत्रहरू तयार राख्नुहोस्
हामी निम्न प्रयोजनका लागि तपाईंलाई प्रश्न सोध्ने छौँ:
- तपाईंको पहिचान पुष्टि गर्न
आवेदन गर्न तपाईंसँग निम्न कुराहरू हुनुपर्छ:
- कर फाइल संख्या (TFN)
- ATO मा उल्लेख भए अनुसारको तपाईंको आवासीय ठेगाना
- तपाईंको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि दुई परिचय पत्र ।
निम्न कुरा जान्न आफ्नो पहिचान प्रमाणित गर्नुहोस् (अंग्रेजी संस्करण) हेर्नुहोस्:
- तपाईंको पहिचान पुष्टि गर्न प्रयोग गर्न सक्ने कागजातहरू
- आफूलाई आवश्यक पर्ने ती कागजातमा भएका जानकारी
- तपाईं कागजी फारामको प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो परिचय पुष्टि गर्न आफ्ना परिचय पत्रका प्रमाणित प्रति पनि पेस गर्नु पर्ने हुन्छ ।
चरण 3 – आफ्नो आवेदन पूरा गर्नुहोस्
तपाईं myGovID र परिचय पत्र छन् भने तलको बटन प्रयोग गरी ABRS online मा लग इन गर्नुहोस् ।
आवेदन प्रक्रिया पूरा भएपछि तपाईं तुरुन्तै स्क्रिनमा आफ्नो director ID प्राप्त गर्नु हुने छ ।
म director ID प्रयोग गरी के गर्न सक्छु ?
तपाईंले आफ्नो director ID प्राप्त गरेपछि यसलाई सुरक्षित राख्नु पर्छ । तपाईं यो संख्या आफ्नो लेखापाल, सेक्रेटरी, ASIC मा दर्ता भएको एजेन्ट वा कर पेसाकर्मीलाई दिन सक्नुहुन्छ ।
तपाईंलाई आफ्नो director ID ASIC लाई दिने निर्देशन दिइएको छैन भने तपाईंले अहिले नै आफ्नो director ID ASIC लाई दिई हाल्नु पर्दैन । भविष्यमा ASIC का कम्पनीलाई ABRS मा ट्रान्सफर गरेपछि तपाईंको director ID तपाईं निर्देशक हुने कम्पनीसँग जोडिने छ । तपाईंलाई असर गर्ने कुनै परिवर्तन हुने भयो भने हामी तपाईंलाई जानकारी गराउने छौँ ।
हामीलाई सम्पर्क गर्नुहोस्
हामीलाई टेलिफोन गर्नुहोस्
तपाईं हामीलाई सोमबार र शुक्रबारको बीचमा बिहान 8 बजेदेखि बेलुका ६ बजेसम्म टेलिफोन गर्न सक्नुहुन्छ ।
- तपाईं अष्ट्रेलियमा हुनुहुन्छ भने 13 62 50 मा टेलिफोन गर्नुहोस् ।
- तपाईं विदेशमा हुनुहुन्छ भने +61 2 6216 3440 मा टेलिफोन गर्नुहोस् ।
- अनुवाद र दोभाषे सेवा (TIS National) – तपाईं TIS National को टेलिफोन 13 14 50 मा डायल गरेर हामीलाई आफूले चाहेको भाषामा सम्पर्क गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले सोमबार र शुक्रबारको बीचमा बिहान 8 बजेदेखि बेलुका ६ बजेसम्म टेलिफोन गर्नु पर्छ । तपाईं विदेशमा हुनुहुन्छ भने +61 3 9268 8332 मा टेलिफोन गर्नुहोस् । त्यसपछि हामी तपाईंलाई दोभाषेको सहयोग लिई टेलिफोन गर्ने छौँ ।
- कल-ब्याक लाइन – हामीले तपाईंलाई पत्र, इमेल वा टेलिफोनबाट सम्पर्क गर्यौँ भने हामी तपाईंलाई कल ब्याक नम्बर र PIN उपलब्ध गराउन सक्छौँ । यस्तो अवस्थामा तोकिएको समयमा हामीलाई टेलिफोन गर्नुहोस् र हामीले दिएको PIN हाल्नुहोस् । यसले तपाईंलाई सही ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गराउँछ ।
- अष्ट्रेलियाबाट टेलिफोन गर्ने कल ब्याक नम्बर 1300 306 275 हो ।
- अष्ट्रेलिया बाहिरबाट टेलिफोन गर्दा +61 2 6216 3442 मा गर्नु पर्छ र 1300 306 275 मा ट्रान्सफर गर्न लगाउनु पर्छ ।
हामीले तपाईंलाई सोध्न सक्ने प्रश्नहरू
तपाईंको पहिचान पुष्टि भएपछि मात्र हामी तपाईंसँग छलफल गर्न वा तपाईंको अभिलेख पुष्टि गर्न सक्छौँ ।
हामी तेस्रो पक्ष र अन्य सरकारी विभागबाट प्राप्त जानकारीका साथै तपाईंको कर वा सुपरसम्बन्धी जानकारीको आधारमा तपाईंलाई प्रश्न सोध्ने छौँ ।
यो जानकारीमा तपाईंलाई ATO ले पठाएको पत्र, तपाईंलाई पठाइएको नोटिसको विवरण, तपाईंको कर फिर्ता फारामको जानकारी वा हामीलाई तपाईंको पहिचान पुष्टि गर्न मद्दत गर्ने अन्य विवरण समावेश हुन सक्छ ।
हामीलाई पत्राचार गर्नुहोस्
हामीलाई निम्न ठेगानामा पत्राचार गर्नुहोस्
Australian Business Registry Services
Locked Bag 6000
ALBURY NSW 2640
Australia